विश्व

बोरिस जोनसन नेतृत्वको सरकारले जित्यो विश्वासको मत



एजेन्सी, ३ साउन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको सरकारले विश्वासको मत लिन सफल भएको छ ।

चुनाव गराउनबाट बच्न सत्तारुढ कन्जरभेटिभ पार्टीका सदस्यहरूले मन्त्रीहरूको समर्थनमा मतदान गरे । विपक्षी लेबर पार्टीले जोनसनलाई राजीनामा दिन आह्वान गरेको छ । सेप्टेम्बरको सुरुमा कन्जरभेटिभ पार्टीले आफ्नो उत्तराधिकारी चयन नगरेसम्म आफू प्रधानमन्त्री रहने जोनसनले बताउँदै आएका छन् ।

जोनसनले कन्जरभेटिभको संसदीय दलको नेताबाट राजीनामा दिइसकेकाले अर्को नेता नचुन्जेल उनी पार्टीको कामचलाउ नेताको रुपमा रहेका छन् । कन्जरभेटिभ नेता छान्ने पक्रिया सुरु भइसकेको छ ।