एजेन्सी, ३ साउन । फ्रान्सको राजधानी पेरिसमा सोमबार राति गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन ।
संदिग्धलाई प्रहरी हिरासतमा राखिएको छ । दुई जना पुरुष कारबाट बाहिर निस्केर एउटा बारको बरन्डामा बसेका व्यक्तिहरूलाई गोली हानेका सुरक्षाकर्मीले जनाएका छन् ।
अर्को संदिग्ध फरार रहेको जनाइएको छ । उक्त गोलाबारी शिशा क्याफेमा भएको स्थानीय मेयर फ्रान्कोइस भौग्लिनले जानकारी दिएका छन् । उनका अनुसार एक जना ग्राहकले एक जना संदिग्धलाई समात्न सफल भएका थिए । आक्रमणबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस्