Banner News

बाम एकताको पहल गर्ने एकीकृत समाजवादीको निर्णय



काठमाडौँ, ३ साउन । नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई कायम राख्दै वाम एकताका निम्ति पहल गर्ने निर्णय गरेको छ ।

आज बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकले संगठन सुदृढिकरण अभियान चलाउने, समाजवादबारे अवधारणा तयार गर्ने र वर्तमान आर्थिक समस्याबारे प्रस्ताव तयार पार्ने निर्णय समेत गरेको छ ।