Banner News

सरकारले निर्वाचन सार्ने खतरा छ : अध्यक्ष ओली



काठमाडौँ, ४ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिरमा नहुने खतरा रहेको बताएका छन् ।

आज काठमाडौंमा आयोजना भएको एमाले वागमती प्रदेशस्तरीय बृहद भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले सरकारले विभिन्न बहनामा निर्वाचन सार्ने षड्यन्त्र भइरहेको बताएका हुन् । ‘मंसिरमा संघीय संसद र प्रदेश सभा सदस्यका लागि आम निर्वाचन हुनुपर्नेछ तर विभिन्न बहाना बनाएर निर्वाचन पर सार्ने खतरा छ ।’ उनले समयमा नै निर्वाचन हुनुपर्नेमा जोड दिए । निर्वाचनबाट देशका निम्ति काम गर्ने, लोकतन्त्रको रक्षा, विकास गर्ने सरकार आउनुपर्ने उनले उल्लेख गरे ।

उनले आउँदो निर्वाचनपछि एमालेको सरकार बनाउनुपर्नेमा जोड दिएका छन् । “राष्ट्रिय हितलाई अघि बढाउन सक्दछ, त्यो भनेको एमालेको सरकार । एमालेको सरकार गठन गर्न सक्नुपर्छ आगामी निर्वाचनबाट,” उनले भने ।