राजनीति

एसपीपी सम्झौता नगर्ने पत्राचार गर्न ‘रुलिङ’को माग



काठमाडौँ, ५ साउन । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेत देव गुरुङ एसपीपी सम्झौतासम्बन्धी सरकारको निर्णय अमेरिकालाई पत्रचार गर्न माग गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले सरकारले गएको असार ६ गते एसपीपी सम्झौता नगर्ने निर्णय गरे पनि परराष्ट्र मन्त्रालयले पत्राचार नगरेको बताए ।

उनले छिट्टै पत्राचारका लागि ‘रुलिङ’ गर्न समेत माग राख्दै भने, “परराष्ट्र मन्त्रालयले यो निर्णय कार्यान्वयन गरिरहेको छैन । त्यसैले सम्मानीय सभामुखमार्फत एसपीपीसम्बन्धी निर्णयको प्रत्राचार अविलम्ब गरियोस् भन्ने रुलिङको माग गर्न चाहन्छु ।”