समाचार

आजको मौसम



काठमाडौँ, ६ साउन । देशको पहाडी भू–भागका थोरै स्थानमा र अन्य भू–भागका एकदुई स्थानमा आज बिहान मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आज दिउँसो देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने छ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, वाग्मती प्रदेश र प्रदेश–१ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने तथा दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले सामान्य सतर्कता अपनाउन विभागको आग्रह छ ।