काठमाडौँ, ६ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको नवनिर्वाचित १५औँ राष्ट्रपति द्रौपदी मुर्मूलाई बधाई दिएकी छन् ।
राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत उनलाई बधाई तथा शुभकामना दिएकी हुन् ।
‘मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा महामहिम द्रौपदी मुर्मूज्यूलाई म हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छु । यहाँको कार्यकालमा हाम्रा दुई देश बिचको सहकार्यले नयाँ उचाई प्राप्त गर्नेमा म पूर्ण विश्वास व्यक्त गर्दछु,’ राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छन् ।










प्रतिक्रिया दिनुहोस्