काठमाडौँ, ६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयकका विषयमा सत्ता गठबन्धनका नेताहरुसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री देउवाले आज बिहान बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेका हुन् । नागरिकता विधेयक संसदबाट पारित गर्ने विषयमा गठबन्धन सबै नेताहरु सहमत भएको बताइएको छ । बालुवाटार बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित गठबन्धनका दोस्रो तहका नेताहरुको समेत सहभागिता थियो ।
यस्तै गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री गोविन्द वन्दीसमेत सहभागी थिए । नागरिकता विद्येयक गृहमन्त्री खाँणले आज बस्ने संसद बैठकमा निर्णयार्थ पेश गर्ने भएका छन् । विधेयकमा ४५ जना सांसदले ३१ वटा संशोधन दर्ता गराएका छन् । यो विधेयक संसदीय समितिमा नपठाइ संसदबाटै पारित गर्ने सरकारको तयारी छ ।










प्रतिक्रिया दिनुहोस्