Banner News

बैंकदर १.५ प्रतिशतले वृद्धि गरिने



काठमाडौँ, ६ साउन । नेपाल राष्ट्र बैंकले बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्‍याएको छ ।

आज गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक निित सार्वजनिक गर्दै बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्‍याइएको जनाकारी दिए । यसले बैंकहरूबीच एक आपसमा हुने कारोबारको दर बढ्ने अधिकारीको भनाइ छ ।

त्यस्तै चालु आर्थिक वर्षको मौद्रिक नीतिले कोरोना महामारीको प्रभाव लाई राख्दै दिएको सहुलियतहरु कम गरेको छ । बैंकले लिएको ब्याजदर समेत भिन्न भिन्न प्रयोजनको लागि अलग अलग हुने जानकारी उनले दिएका छन् ।

त्यस्तै मर्जर मार्फत पाउँदै आएको सुविधा पुस मसान्तसम्म मात्रै कायम हुने भएको छ । राष्ट्र बैंकले आर्थिक क्षेत्रलाई कोभिडकालमा दिएको सुविधा कटौती गर्ने घोषणा गरेको छ । आर्थिक गभर्नर अधिकारीका अनुसार कोभिड १९ को बेलामा लिइएका सहज नियामकीय क्रमशः कटौती गर्दै विवेकशील नियामकीय मापदण्डअनुरुप बनाइने छ । कृषिलगायतका क्षेत्र र अति प्रभावित क्षेत्रमा मात्रै पुनर्कर्जालाई उपलब्ध गराइने छ ।

नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा लगाएको प्रतिव्यक्ति प्रतिबैंकको सीमामा संशोधन गरेको छ । तर, कुल १२ कोडको सिमा भने थथावत राखेको छ ।