काठमाडौँ, ८ साउन । राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राप्रपाले चुनावी सरकार गठन गर्न माग गरेको छ ।
काठमाडौंमा साउन ५ देखि ७ गतेसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकले अब चुनावी सरकार गठन गर्नुपर्ने निर्णय गरेको छ । राप्रपाले गत चुनावहरू निष्पक्ष नभएको दाबी गरेको छ ।
‘गत आवधिक निर्वाचनहरूमा सरकार निष्पक्ष नरहेको तीतो यथार्थलाई मध्यनजर गर्दै आगामी प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र विश्वसनीय रूपमा सम्पन्न गर्नका लागि निष्पक्ष चुनावी सरकार गठन गर्न राप्रपा माग गर्दछ,’ केन्द्रीय समितिले गरेको निर्णयको २ नम्बरमा यो बुँदा उल्लेख छ ।










प्रतिक्रिया दिनुहोस्