एजेन्सी, ९ साउन । भारत बिहारको एक भवनमा विष्फोट हुँदा ६ जनाको मृत्यु भएको छ ।
सारण प्रहरी एसपी सन्तोष कुमारका अनुसार सारण जिल्लाको रियाज मियाँ नामका व्यक्तिको घरमा आइतबार विष्फोट भएको थियो । घटनामा ६ जनाको मृत्यु र ४ जना घाइते भएको पुष्टि भएको छ ।
उक्त घरमा पटाका उत्पादन हुने गरेको स्थानीयले बताएका छन् । विष्फोटपछि घरमा आगलागी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्