काठमाडौँ, १० साउन । सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई मास्क लगाउन आग्रह गरेका छन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख सापकोटाले कोरोना सङ्क्रमण दर बढ्दै गएकोले संसद् बैठकमा उपस्थित हुँदा सतर्क रहन आग्रह गरेका छन् ।
उनले भने–‘कोभिड सङ्क्रमण दर बढ्दै गएको माननीय सदस्यहरूलाई विदितै छ । संसद्को बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क लगाउन आग्रह गर्दछु ।’










प्रतिक्रिया दिनुहोस्