Banner News

सञ्चारमाध्यमहरुले सत्य तथ्य सूचना प्रसारण गर्न जरुरी छ : प्रधानमन्त्री



काठमाडौँ, ११ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वच्छ पत्रकारिताको विकास गर्न आवश्यक रहेको बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस)को नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सञ्चारमाध्यमहरुले सत्य तथ्य सूचना प्रसारण गर्न जरुरी रहेको बताएका हुन् ।

देउवाले भने, ‘नागरिक जति सुसुचित हुन्छन् सरकार त्यति नै जवाफदेही बन्न बाध्य हुन्छ । अतः नागरिकलाई शिक्षित र सुसूचित गर्ने गरेर सञ्चारमाध्यमहरुले सत्य तथ्य सूचना प्रसारण गर्न जरुरी छ ।’ सत्य तथ्य सूचना प्रसारण गर्न सकेमात्र लोकतन्त्र संस्थागत हुने उनले बताए ।

तथ्यहीन, भ्रामक समाजमा द्वेष फैलाउने वा अतिरञ्जना पैदा गर्ने सूचनाले नागरिकहरुमा भ्रम सिर्जना हुने र पत्रकारिताको मूल मर्ममाथि पनि प्रहार हुने भएकोले स्वच्छ पत्रकारिताको विकास गर्न आवश्यक रहेको प्रधान्मन्त्री देउवाको भनाइ छ ।