काठमाडौ,११ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आइपुग्नु भएको छ । चुनाव नजिकिँदै जाँदा कार्यकर्ताहरुसँग सघन भेटघाट र नेताहरुको बिषयमा कार्यकर्ताको धारणा बुझन् एमाले अध्यक्ष ओली गृह जिल्ला झापा पुग्नु भएको छ ।
तीन दिने झापा बसाईमा दुईवटा भेला र अरु सबै व्यक्तिगत भेटघाटमा उहाँको समय बित्नेछ । यसपटक आफ्नो निर्वाचन क्षेत्र झापा ५ का कार्यकर्ताहरुसँग सघन भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ । एमाले प्रदेश कमिटी सदस्य एवं अध्यक्ष ओलीका साँसद प्रतिनिधी होमबहादुर थापाका अनुसार दुईदिन अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा ५ का कार्यकर्ताहरुसँग भेटघाट गर्नुहुनेछ ।
थापाका अनुसार साउन ११ गते देखि १३ गतेसम्म अधयक्ष ओली झापामा बस्नुहुनेछ ।
यस्तै १२ गते विहान उहाँ आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा जानुहुनेछ । त्यहाँ दमकलाई मुकाम बनाएर क्षेत्रभरीका कार्यकर्तालाई भेटघाट गर्ने कार्यक्रम रहेको थापाले बताउनुभयो । उहाँका अनुसार विहान ९ बजे एमाले दमक नगर कमिटी कार्यलयमा दमक नगर कमिटीका पदाधिकारी र त्यसभन्दा माथीका कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ ।
यस्तै १०।३० बजे गौरादह नगरकमिटीका पदाधिकारी र त्यस भन्दा माथीका कार्यकर्तासँग भेटघाटको कार्यक्रम छ । १ बजे गौरीगञ्ज गाउँपालिकाका पदाधिकारी र त्यस भन्दा माथीका कार्यकर्तासँग भेटघाट तय गरिएको छ । यी दुवै भेटघाट होटल कामाक्षमा आयोजना गरिएको छ ।
दिउसो २ बजे क्षेत्र नं ५ स्तरीय क्षेत्रीय कार्यकर्ता भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुुहुनेछ । उक्त भेलामा वडा अध्यक्ष भन्दा माथीका जनप्रतिनिधी,जनसंगठनका पालिका पालिका कमिटी भन्दा माथीका कार्यकर्ताहरु सहभागी हुनेछन् । यो कार्यक्रम कस्मिट पार्टी प्यालेस दमकमा हुनेछ ।
अपरान्ह साढे ४ बजे कमल गाउँपालिका अगुवा कार्यकर्तासँग भेटघाट हुनेछ । ५ बजे अनेरास्ववियुका नेता कार्यकर्तासँग भेटघाट, ६ बजे युवा संघका नेता कार्यकर्तासँग भेटघाटको कार्यक्रम राखिएको थापाले जानकारी दिनुभयो । सो दिन अधयक्ष ओली दमक मै बस्नुहुनेछ ।
१३ गते ९ बजे पार्टी निकट व्यवसायीसँग भेटघाट, १० बजे अनेमसंघका नेता कार्यकर्तासँग भेटघाट, ११ बजे लोकतान्त्रिक धिमाल संघका अगुवा कार्यकर्ताहरुसँग भेटघाटको कार्यक्रम तय गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्