काठमाडौँ, १२ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ गरेका छन् ।
आज पशुपति क्षेत्रमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले रुद्राक्षको विरुवा रोपेर वृक्षरोपण अभियानको शुभारम्भ गरेका हुन् । मन्त्री श्रेष्ठले विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई आकर्षक तथा रमणीय बनाउन वृक्षरोपण अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे। धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरी पशुपति क्षेत्रलाई ध्यान, ज्ञान र योग साधना स्थलका रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।
मन्त्री श्रेष्ठले रोपेका बिरुवाहरूको उचित हेरचाह, संरक्षण व्यवस्थापनमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन पनि दिए । पशुपति क्षेत्रमा रुद्राक्ष, श्रीखण्ड, वर पिपल, पारिजात, वेल तथा अन्य धार्मिक वृक्षको उद्यान बनाइनेछ ।










प्रतिक्रिया दिनुहोस्