राजनीति

काठमाडौँ महानगरले फोहोरमैला व्यवस्थापन गर्न ६५ करोडको उद्योग खोल्ने



काठमाडौँ, १२ साउन । काठमाडौँ महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्न आधुनिक उद्योग खोल्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट अनुसार महानगरले ६५ करोडको लगानीमा आधुनिक उद्योग खोल्ने भएको हो ।

फोहोरलाई मल बनाउनका लागि महानगरले कच्चा पदार्थ खरिद तथा व्यवस्थापनका गर्न २५ करोड खर्च गर्ने भएको छ ।

फोहोरमैला व्यवस्थापनका लागि मात्रै महानगरले चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ खर्च गर्ने भएको छ । बञ्चरेडाँडामा फोहोर बोकेको गाडी धुनका लागि वासिङ सेन्टर निर्माण गर्न पनि महानगरले १ करोड बजेट छुट्टयाएको छ ।