राजनीति

सरकारले निर्वाचन टार्न र सार्ने षडयन्त्र गर्दैछ: उपाध्यक्ष पौडेल



सिन्धुली, १३ साउन । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले गठबन्धनको सरकारले आगामी निर्वाचनलाई विभिन्न बहानाबाजीमा टार्न खोजेको आरोप लगाउनुभएको छ ।

सदरमुकाम सिन्धुलीमाडीमा प्रेस चौतारी नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले विभिन्न निर्वाचन टार्ने र साने षडयन्त्र सत्ता गठबन्धनले गरेको बताउनुभयो ।

नेता पौडेलले वर्तमान देउवा नेतृत्वमा रहेको गठबन्धन सरकारले विदेशीको कठपुतली बनेर देशमा वैदेशिक हस्तक्षेप बढाएको, देशलाई आर्थिक संकटमा धकेलिरहेको भन्दै श्रीलंकाको अवस्थामा पुर्याउन खोजेको आरोपसमेत लगाउनुभयो ।