कास्की, १६ साउन । पोखरा महानगरपालिका-६ डिहिकोपाटनमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएकाे छ भने दुई जना घाइते भएका छन् ।
प्रहरीका अनुसार गएरातिदेखिकाे वर्षापछि घरमाथिबाट आएको पहिराेले पुरिँदा सन्तोष सुनारको मृत्यु भएकाे हाे । पहिरोमा परेर सुनिता सुनार र सिमन सुनार घाइते भएका छन् । सन्तोष सुनिताका भाइ हुन् ।
सुनिताको पोखराकाे गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । सुनिता र सिमन दुवैकाे स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्