राजनीति

गठबन्धनले देशलाई संकटमा फसायो : महासचिव पोखरेल



काठमाडौँ, १८ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारले देशलाई संकटमा फसाएको आरोप लगाएका छन् ।

आज गहृजिल्ला दाङमा प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै महासचिव पोखरेलले एमाले सरकारमा रहँदासम्म देशको आर्थिक अवस्था सकारात्मक रूपमा रहेको बताए ।

उनले भने, ‘हामीले मुलुकको सोधनान्तरस्थित झन्डै ७०- ८० अर्ब रुपैयाँ बचतको अवस्थामा छोडेका थियौं, ‘गठबन्धन सरकारका कारण एक वर्षको अवधिमा देश पौने तीन खर्ब घाटामा पुगेको छ।’

देशको अर्थतन्त्र संकटमा परेको भन्दै उनले सरकार पूर्ण रूपमा असक्षम साबित भइरहेको दाबी गरे। उनले भने, ‘बहुमतको आडमा अपराध गर्नेहरूलाई उन्मुक्ति दिने काम भएको छ, ‘प्रचण्ड र देउवाको नजरमा जनार्दनजी चोखिएलान् तर जनताको नजरमा उनले गम्भीर अपराध गरेका छन्।’