काठमाडौँ, १८ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण कोरियाका लागि नयाँ नेपाली राजदूत प्रा. डा. ज्योति प्याकुरेल (भण्डारी) नियुक्त गरेकी छन् ।
आज राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा प्याकुरेललाई गणतन्त्र कोरियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्