समाचार

इनारभित्र शव फेला



उदयपुर, १९ साउन । जिल्लाको कटारी नगरपाकिा– ४ तित्रीबोटमा एक जना जेष्ठ नागरिकको शव इनारभित्र फेला परेको छ ।

प्रहरीका अनुसार कटारी नगरपालिका – ४ तित्रीबोटका ७० वर्षीय पन्चसिंह दनुवारको शव इनारभित्र फेला परेको हो । परिवारकै सदस्यले इनारमा शव देखेपछि प्रहरीलाई खवर गरेका थियो ।

घटनास्थल पुगेर शव निकालेर पोष्टमार्टमका लागि कटारी अस्पताल लगिएको र थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।