Banner News

७६० जनामा कोरोना संक्रमण, ३२४ जना डिस्चार्ज



काठमाडौँ, १९ साउन । थप ७६० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ८८ हजार ८ सय २१ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय २ जना रहेका छन ।

मन्त्रालयका अनुसार ३२४ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ७१ हजार २५० जना रहेको छ । पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ६९ जना रहेको मन्त्रालयले जनाएको छ ।