काठमाडौँ, १९ साउन । ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने सरकारको निर्णयको नेकपा एमालेले स्वागत गरेको छ ।
आज विदेशी सञ्चार माध्यमका पत्रकारहरुसँगको अन्तर्क्रियामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका लागि ४ मंसिरको मिति स्वभाविक र अपेक्षित रहेको बताए ।
उनले भने, निर्वाचन घोषणा स्वाभाविक हो । यसमा देश जानुपर्छ भनेर हामीले भन्दै आएका थियौं ।’ उनले चुनाव निष्पक्ष हुनुपर्ने पनि बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्