Banner News

अदालतको अवहेलना: पर्यटनमन्त्री श्रेष्ठलाई सर्वाेच्चले बोलायो



काठमाडौँ, २० साउन । कानुन मिचेर नीतिगत निर्णय गरेको सरकारले सर्वाेच्च अदालतबाट आदेश भएकै दिन अदालतको अवहेलना गरेको छ ।

सर्वाेच्चले अदालतको अवहेलना गरेको भन्दै पर्यटन मन्त्री जीवनराम श्रेष्ठलाई आफैं उपस्थित हुन आदेश दिएकै दिन सरकारले अर्काे अवहेलना गरेको हो । सर्वाेच्चले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई काममा फर्कन नदिएको भन्दै मन्त्रीलाइै आफैं अदालतमा उपस्थित भई जवाफ दिन आदेश गरेको छ ।

सरकारले अधिकारीलाई दोस्रोपटक पदबाट निलम्बन गर्ने निर्णय गरेर अदालतको अवहेलना गरेको हो । यो समाचार आजको नागरिक दैनिकमा छ ।