काठमाडौँ, २१ साउन । प्रतिनिधिसभा बैठकमा आइतबारदेखि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोगको प्रस्तावमाथि छलफल हुने भएको छ ।
संघीय संसद सचिवालयले आइतबार बस्ने प्रतिनिधिसभा बैठकबारे प्रकाशन गरेको कार्यसूचीमा राणामाथिको महाअभियोगबारे छलफल हुने उल्लेख छ । गत फागुन १९ गते संसदमा प्रधानन्यायाधीश राणामाथिको महाभियोग दर्ता भएपनि उनी निलम्बनमा रहेका छन् ।
साथै भोलिको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने, प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदन बुझाउने लगायतका कार्यसूची रहेको छ ।










प्रतिक्रिया दिनुहोस्