काठमाडौँ, २३ साउन । काठमाडौँमा विगत तीन हप्ता बढीदेखि नियमित रूपमा फोहोर उठ्न सकेको छैन ।
नियमित रूपमा फोहोर उठन रोकिएपछि सिंगो उपत्यका कुरूप देखिनुका साथै हैजा फैलने खतरासमेत बढेर गएको छ । फोहोर व्यवस्थापनका लागि प्रभावकारी पहल अघि बढाउन केन्द्रदेखि स्थानीय सरकार नै असफल बनेको काठमाडौँवासीको भनाइ छ ।
पछिल्लो समय काठमाडौका मेयर बालेन्द्र शाहले पनि फोहोर उठाउने विषयलाई उच्च प्राथमिकतामा राख्न नसक्दा काठमाडौँ फोहोरमाडौंका रूपमा विकास हुन पुगेको आरोप स्थानीयवासीको छ । केन्दीय सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा, सहरी विकासमन्त्री मेटमणि चौधरी तथा मुख्य सचिव शंकरदास वैरागीलगायतका उच्च पदस्थहरूले पनि काठमाडौँको फोहोर व्यवस्थापन गर्ने कार्यमा चासो दिन सकेका छैनन्। यो समाचारराजधानी दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्