राजनीति

काँग्रेस उपसभापति खड्कालाई कोरोना संक्रमण



काठमाडौँ, २३ साउन । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ ।

शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बस्नुभएको थियो । आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको हो । खड्का घरमै आराम गरिरहनुभएको छ ।