काठमाडौँ, २७ साउन । मिटरब्याज नियन्त्रणका लागि गृह मन्त्रालयले कार्यदल गठन गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको गृहमन्त्री, नेपाल प्रहरीका आईजीपी, सशस्त्र प्रहरी प्रमुख र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटर ब्याजको समस्या समाधान निर्देशनपछि गृहमन्त्री बालकृष्ण खाणले सह–सचिव डा. भिष्मकुमार भुसालको संयोजकत्वमा कार्यदल गठन गरेका हुन् । कार्यदलमा सिआईबीका एसएसपी दिनेश आचार्य, गृह मन्त्रालयका उप–सचिव श्रीकृष्ण पौडेल, उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइराला र राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा सदस्य छन् । कार्यदलको सदस्य सचिवमा डिएसपी रोशन खड्का छन् ।










प्रतिक्रिया दिनुहोस्