Banner News

२६३ जनामा कोरोना संक्रमण, ५०१ जना डिस्चार्ज



काठमाडौँ, २८ साउन । थप २६३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ९२ हजार ७ सय २७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ३४ जना रहेका छन ।

मन्त्रालयका अनुसार ५०१ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ७५ हजार ३०७ जना रहेको छ । पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ८६ जना रहेको मन्त्रालयले जनाएको छ ।