Banner News

दुवै सदनले पास गरेको विधेयकलाई फिर्ता पठाउनु दुःखद् : कांग्रेस



काठमाडौँ, ३० साउन । नेपाली कांग्रेसले प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्‌मै फिर्ता पठाउनु दुःखद भएको प्रतिक्रिया दिएको छ ।

प्रमुख सचेतक चित्रलेखा यादवले संसदको दुवै सदनले पास गरेको विधेयकलाई फिर्ता पठाउनु दुःखद भएको बताएकी हुन् । उनले राष्ट्रपति भण्डारीको सो निर्णय अत्यन्तै अस्वभाविक, अदूरदर्शी र विवेकहीन भएको बताइन् । उनले राष्ट्रपति भण्डारीको कदमले वर्षौदेखि नागरिकताविहीन भएर बसेका नेपालीलाई थप पीडा बोध भएको बताइन् । उनले भनिन्, ‘नागरिकविहीन नेपालीका लागि यो साँच्चै नै दुःखद हो। राष्ट्रपतिले ती नागरिकताविहीन नागरिकको अपमान गर्नुभयो ।’

राष्ट्रपति भण्डारीले आइतबार नागरिकता विधेयक फिर्ता गरेकी हुन्। नेपालको संविधान बमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा पुनर्विचार हुन आवश्यक देखिएकाले उक्त विधेयक फिर्ता गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।