काठमाडौँ, ३१ साउन । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताबीच शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन आवश्यक काम गर्ने समझदारी बनेको छ ।
आज बसेको गठबन्धनको बैठकबाट संक्रमणकालीन न्याय निरूपणका लागि ल्याइएका विधेयकमा सरोकारवालाका सुझाव समेट्ने निर्णय गरिएको छ ।
कानुन मन्त्रालयले संसद्मा लगेको विधेयक पीडितमैत्री नभएको र संक्रमणकालीन न्याय व्यवस्थापनभन्दा गम्भीर अपराधका दोषीलाई पनि उन्मुक्ति दिनेमा केन्द्रित भएको भन्दै द्वन्द्वपीडितहरूले आन्दोलन गर्दै आएका छन् । आजको बैठकमा द्वन्द्वपीडितसहित सरोकारवालाका सुझाव समेटेर विधेयक अघि बढाउने समझदारी भएको हो ।
“शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन आवश्यक काम गर्ने समझदारी भएको छ,” सत्ता गठबन्धनको बैठकपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भने, “संक्रमणकालीन न्याय व्यवस्थापनका लागि लगिएका सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयकमा सरोकारवालाका सुझाव समेटिनेछ ।” File photo










प्रतिक्रिया दिनुहोस्