अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ३ भदौ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९५ हजारमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।