राजनीति

अध्यक्ष थापाद्वारा राप्रपा नेपालमा दुई उपाध्यक्ष तथा महामन्त्री मनोनयन



काठमाडौँ, ४ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम दिलनाथ गिरी र श्यामप्रसाद तिमिल्सिनालाई पार्टी उपाध्यक्ष मनोनयन गर्नुभएको छ ।

त्यस्तै थापाले केशवराज श्रेष्ठलाई महामन्त्री, रामसुन्दर बिष्ट र दिनेशचन्द्र गुप्तालाई सहायक महामन्त्री र सस्मिता सुवेदीलाई सहायक प्रवक्ता पदमा मनोनयन गरेको पार्टी प्रवक्ता सुरेश आचार्यले जानकारी दिनुभयो ।