काठमाडौँ, ५ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता प्रदिप गिरीको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको बताउनुभएको छ ।
प्रधानमन्त्री देउवाले गिरीको निधनबाट स्तब्ध भएको बताउनुभयो । देउवाले गिरीको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभयो । ट्वीट गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरीजीको निधनको खबरले निकै स्तव्ध भएको छु । उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ ।’
क्यान्सरबाट पीडित गिरीको ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गएराति साढे ९ बने निधन भएको थियो । भारतमा क्यान्सरको उपचार गराएर फर्किनुभएका गिरि स्वास्थ्यमा समस्या भएपछि साउन दोस्रो साता मेडिसिटी अस्पतालमा भर्ना हुनुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्