राजनीति

पार्टी एकताका विषयमा अध्यक्षद्वय प्रचण्ड-नेपालबीच छलफल



काठमाडौँ, ६ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ ।

सोमबार बिहान हात्तिवनस्थित एउटा घरमा उहांहरूबीच छलफल भएको हो । छलफलमा प्रचण्डसहित माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी हुनुहुन्थ्यो ।

छलफल आगामी दिनमा हुनसक्ने पार्टी एकता, संयोजन समिति र चुनावी घोषणापत्र, बाबुराम भट्टराई र वामदेव गौतमको विषयमा पनि छलफल गरेको थियो । यद्यपी उनीहरूले राखेका केही सर्तका विषयमा भने छलफल गर्न बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ ।