काठमाडौँ, ७ भदौ । उपत्यकामा नेपाल बन्द गराउन सडकमा निस्केका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बन्द आह्वान गरेको थियो ।
मंगलबार बिहान शंकास्पद रुपमा निस्केका काठमाडौँको लगनटोल, माछापोखरी र बसपार्कबाट १७ जनालाई र एकजना ललितपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौंबाट पक्राउ परेकाहरुलाई भृकुटीमण्डप स्थित नगर प्रहरीको कार्यालयमा राखिएको छ ।










प्रतिक्रिया दिनुहोस्