अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ७ भदौ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९४ हजार ५ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।