समाचार

११ वर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ



कैलाली, ७ भदौ । ११ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा टीकापुरबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार टीकापुर–७ बस्ने १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।