काठमाडौँ, ७ भदौ । रोजगारीका लागि बेलायतमा नेपाली स्वास्थ्य जनशक्ति लैजानको लागि सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
जीटुजी प्रक्रियामार्फत् बेलायतमा नेपाली स्वास्थ्य क्षेत्रका जनशक्ति पठाउन सात बुँदे समझदारी भएको हो । समझादारीपछि नेपालले पहिलो चरणमा बढीमा दुई सयजना नर्सिङ जनशक्ति पठाउने भएको छ ।
समझदारीपत्रमा नेपालका तर्फबाट श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्