काठमाडौँ, ८ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ ।
बैठक अपरान्ह २ बजे बस्नेछ । मंगलवार बसेको सिफारिस समिति बैठकले जबरालाई यसै साता सफाइ पेश गर्न मौका दिने गरी कार्यतालिका तयार पारेको छ । जसअनुसार जबराले समिति समक्ष यसै साता जवाफ पेश गर्नुपर्ने छ । समितिले २९ भदौभित्र जबरामाथि लागेको महाभियोगका बारेमा अध्ययन प्रतिवेदन बुझाउने कार्यतालिका बनाएको छ ।
उता, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने प्रस्तावित कार्यतालिका समय छोट्याएर २५ भदौभित्रै अध्ययन सम्पन्न गरेर प्रतिनिधिसभामा प्रतिवेदन पठाउनुपर्ने अडान राखेको छ । जसमा बुधवारको बैठकमा थप छलफल हुनेछ ।










प्रतिक्रिया दिनुहोस्