राजनीति

सिट बाँडफाँटमा सत्ता गठबन्धनका दलको आ–आफ्नो दाबी



काठमाडौँ, १० भदौ । पाँच दलीय सत्तारुढ गठबन्धन दलहरुले चुनावी तालमेलका लागि आआफ्नो दाबी पेश गरेका छन् ।

गठबन्धनको कार्यदलसहित शीर्ष नेताहरुको बैठक आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकमा कार्यदलका तर्फबाट नेपाली कांग्रेसले १००, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र राष्ट्रिय जनमोर्चाले दुई सिटमा दाबी गरेको छ । आज अपराह्न ४ बजे बस्ने गठबन्धनको बैठकमा यस बारेमा विस्तृत छलफल गरी शीर्ष नेतृत्वसमक्ष प्रतिवेदन पेश गर्नेछ ।