समाचार

करेन्ट लागेर एक जनाको मृत्यु



मोरङ, १० भदौ । मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार विराटनगर महानगरपालिका–१ का ५५ वर्षीय लालबिहारी कामतको करेन्ट लागेर मृत्यु भएको हो ।

बिहीबार विराटनगर महानगरपालिका–११ मा रहेको कपडा उद्योगमा मेसिन चलाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका कामतको उपचारको क्रममा विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएको हो ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।