सम्पादकीय

काठमाडौँका मेयरलाई ताली र गाली



अहिले काठमाडौँका मेयरकाे अनाधिकृत संरचना हटाउने र बेसमेन्ट पार्किङ खाली गर्ने कदमले ताली र गाली दुबै पाएका छन् । पार्किङकाे लागि भनि नक्सा पास गरेपछि त पार्किङ नै राख्नु पर्ने हुन्छ । नियम ठूला साना दुबैलाई बराबर हाेस र अाफ्ना सामान हटाउन अन्त पनि उपयुक्त ठाउँ खाेज्न समय पुगेन भन्ने पिडत पक्षकाे गुनासाे रहेकाे छ । रक्षक नै भक्षक हुनु हुन्न र अभिभावक सग तर्सिने वातावरण बनाउनु हुन्न भन्ने पनि चर्चा चलेकाे छ ।

हाे, सजिलाे त बनाउन भन्दा भत्काउनैमा हुन्छ । चाहे देश हाेस वा सस्था, घर हाेस वा सडक, नाता हाेस वा सम्बन्ध । हुन त पुरानाे नभत्काई नयाँ बन्दैन । तर कस्ताे बनाउने भन्ने कुरा भत्काउनु अगावै तय हुनु पर्दछ । नत्र भएकाे पनि भत्किन्छ र नयाँ पनि बन्दैन । यस तर्फ सचेत हुनु जरुरी छ ।

धान मुसाले खाने तर चाेट भ्यागुताेले पाउने भनेकाे पनि अन्याय नै हाे । गाडिकाे गति पनि राेड र लाेड हेरेर तय गराैं । नत्र अशल नियत भएपनि दुर्घटना भई सडक किनाराका निर्दाेष पैदल यात्रीहरुकाे ज्यान नजावस भन्ने तर्फ सचेत हुनु पर्दछ ।साथै बुद्धि र विवेक बीचमा ठूलो अन्तर हुन्छ । एउटालाई दिमागले र अर्को हृदयले खटाउने गर्दछ । हाम्रो बहादुरीले अर्काको रोजीरोटी नजावोस । सर्प पनि मरोस लौरो पनि नभाचिवोस । मुसाको गल्तिको कारवाही भ्यागुताले भोग्नु नपरोस भन्ने तर्फ पनि ध्यान दिनु जरुरी छ ।

अन्त्यमा, पहिला सडकको फोहोर फालिसकौ । अबैध संरचना भत्काए पछि अर्को फोहोर निस्कन्छ । दुबैको ब्यबस्थापन एकै साथ गर्न कठिन हुन्छ । यसलाई चरणबद्ध रुपमा सम्पन्न गराैं ।
सम्पादकीय