सम्पादकीय

तीजकाे धार्मिक विश्वास र वर्तमान अवस्था



नेपालका गाउँ शहर मात्र हैन विदेशमा बस्ने नेपालीहरु माझ पनि तीजकाे लहर चलेकाे छ । महिनाै सम्म मीठाे खाने, राम्राे लाउने र सदिअाैं देखिका दविएका भावनाहरु ब्यक्त हुन थालेका छन् । यसलाई कसैले सकारात्मक र कसैले नकारात्मक टिप्पणी गर्नुलाई मानवीय स्वाभाव नै मान्नु उपयुक्त हाेला ।

तीजकाे माैलिक ब्रतलाई त अहिले बैज्ञानिक भनिएकाे इन्टरमिडिएट फास्टिङ जस्तै मान्न सकिन्छ । बिहानीपख टन्न दर खाएर दिनभर नाचगान र भजन गर्नु स्वास्थका लागि पनि अनुकुल नै हाेला । फेरी बिरामी, केटाकेटी र बुढाबुढीलाई ब्रत बस्न छुट पनि दिईएकाे छ । कुरा नबुझी एकाेहाेराे बिराेध गर्नु भन्दा राम्राे अध्ययन गरि सुधार गर्दै लैजानु जरुरी छ ।

जहाँ सम्म श्रीमानकाे अायुकाे कुरा छ । पितृसत्तात्मक ब्यबस्थाकाे प्रभाव मात्र नभै त्यस बेला लाेग्ने मानिसकाे अाैषत अायु कम हुनु, युद्धमा र घर बाहिर काम गर्न जाँदा अकालमा मृत्यु हुनु जस्ता कारणले पनि दीर्घायुकाे कामना गरेकाे हुन सक्छ । अहिले पार्टीका नेताहरुकाे जन्म दिनमा शुस्वास्थ तथा दीर्घायुकाे कामना गरेजस्तै ब्रतसँगै श्रीमानकाे शुस्वास्थ तथा दीर्घायूकाे कामना गर्ने सस्कारकाे विकास भएकाे पनि हुन सक्छ ।

तीजकाे ब्रतका अलवा लुवाई र खुवाईलाई हेर्दा एउटा समृद्ध समाजकाे झल्काे दिन्छ । नेपाल ईतिहासमा साच्चीकै समृद्ध रैछ भन्ने प्रमाण पनि हाे याे । अहिले गरिवीका कारणले र फरक राजनैतिक अास्थाका कारणले पनि फरक ब्याख्या गरिएकाे हाे की भन्ने अाभास हुन्छ ।तर पनि सस्कृतिलाई बढी तडकभडक र उत्सृंखल बनाउनु हुन्न । नत्र सस्कृति पनि बिकृतिमा परिणत हुने खतरा हुन्छ । यस तर्फ हामी सबैले ध्यान दिनु जरुरी छ ।

अन्त्यमा तीज पर्व २०७९ काे उपलक्ष्यमा नारी पुरुष दुबैकाे शुस्वास्थ तथा दीर्घायूकाे कामना ।
सम्पादकीय