दाङ, १२ भदौ । जिल्लाको गढवा गाउँपालिका–७ स्थित ज्योती सामुदायिक वनबाट एकनाले भरुवा बन्दुक सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका–१ घर भएका ४२ वर्षीय रामबहादुर चौधरीलाई करिब १ सय ग्राम बारुद, ४ थान केप, १९ वटा फलामको गोली र १ सय २६ वटा फलामको छर्रासहित पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्