झापा, १३ भदौ । फेसबुकमा बिर्तामोडको मेयर र उपमेयर हराएको भन्दै पोष्ट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार गलत भ्रम फैलाएको भन्दै बिर्तामोड नगरपालिका–४ का २२ वर्षीय राजु बिमलीलाई आइतवार पक्राउ गरेको हो ।
आवश्यक कारबाहीका लागि बिमलीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । शनिवार राती मेयर पबित्रा महतारा र उपप्रमुख नगेन्द्र प्रसाद सङ्रौलाको तस्वीर राखेर बिमलीले मेयर उपमेयर हराएको भन्दै बिमलीले फेसबुकमा सूचना पोष्ट गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्