भक्तपुर, १३ भदौं । आगामी मंसिर ४ गते हुने संघीय तथा प्रदेशको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले भक्तपुर जिल्ला कमिटी तिव्र गतिमा अगाडी बढेको छ । यसै क्रममा आज विभिन्न पार्टी परित्याग गरी २ सय ७० जना एमालेमा प्रवेश गरेका छन् ।
आज एमाले भक्तपुर जिल्ला कमिटिले आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रममा उक्त संख्यामा एमाले प्रवेश गरेका हुन् । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सो कार्यक्रममा नेपाली कांग्रेस, राप्रपा, जसपालगायतका पार्टी परित्यागगरि २ सय ७० जना एमालेमा प्रवेश गरेको एमालेका सचिव मोहनवीर श्रेष्ठले जानकारी दिनुभयो । यो सँगै जिल्लामा एमालेमय भए पछि गठबन्धनसहितका दलहरुलाई आगामी निर्वाचनमा ठूलो झड्का लागेको छ ।
कार्यक्रममा नेता बस्नेतका साथ साथै एमाले केन्द्रीय सदस्य तथा भक्तपुर इन्चार्ज सोम मिश्र, निर्मल भट्टाराई, वागमती प्रदेशका सांसद सही जंग थापा, जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष बाशुदेव थापा, सूर्यविनायक नगरपालिका उपप्रमुख सरिता भट्टराई, उत्तरा नेपाललगायतका केन्द्र, प्रदेश तथा जिल्ला तहका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्