सम्पादकीय

ब्रत र उपबासका शास्त्रिय बर्णन तथा वैज्ञानिक कारणहरु



पूर्विय दर्शन तथा सनातन धर्मसंस्कृतिका ज्ञाता प्राचिन रिषीमुनीहरुले जीवन, जगत र ब्रहाण्डका बारेमा धेरै रहस्यहरु पत्ता लगाएका थिए । तिनीहरुका वैज्ञानिक कारणहरु पनि थिए । तर त्यसबेलाको समाज र राज्य व्यवस्था धर्ममा आधारित भएकाले वैज्ञानिक कारण वा सत्य तथ्यहरुलाई पाप धर्म र स्वर्ग र नर्कसंग जोडि नित्य कर्मको विकास गरिदिए । माेक्ष प्राप्तिकालागि तिर्थ ब्रतकाे उपायहरु बताई दिए ।

तिर्थ, ब्रत र उपबासका पनि वैज्ञानिक कारणहरु छन् । भोजनमा पन्चतत्वको भुमिका भए जस्तै उपवासलाई पनि पेटखाली राखि आकाश तत्वका रुपमा भोजन नै मानिदै आएको छ । ब्रतले व्यक्तिमा थप आस्था, त्याग, आत्मविश्वास र संयमको विकास गराउँदछ । हप्ता वा पन्ध्र दिनमा एकपटक ब्रत वा उपवास बस्ने, ब्रत तथा फलाहारमा पनि ऋतुबरणको नियम पालना गर्ने चलन लाई स्वास्थका लागि फलदायी तथा वैज्ञानिक मानिन्छ । तपाई दिन जुन तिथि तथा वारमा ब्रत बस्नु हुन्छ त्यहि दिनको ग्रह तथा नक्षत्रको फल तथा दोष प्राप्त हुनाले त्यस तर्फ पनि गहन अध्ययन तथा ज्ञान हासिल गर्नु पर्दछ । तापनि केटा केटी, बुढाबुढी तथा विमारीहरुले नसकी नसकी ब्रत बसी पूण्य कमाउन खोज्नु हुदैन भनि शास्त्रमा उल्लेख गरिएको छ ।

नेपाली समाजमा अहिले तीजकाे लहर चलेकाे छ । तीजकाे माैलिक ब्रतलाई त अहिले बैज्ञानिक भनिएकाे इन्टरमिडिएट फास्टिङ जस्तै मान्न सकिन्छ । बिहानीपख दर खाएर दिनभर ब्रत बसी नाच गान र भजन गर्नाले स्वास्थकालागि लाभदायक नै हुन सक्छ । जहाँ सम्म श्रीमानकाे अायुकाे कुरा छ । पितृसत्तात्मक ब्यबस्थाकाे प्रभाव मात्र नभै त्यस बेला लाेग्ने मानिसकाे अाैषत अायु कम हुनु, युद्धमा र घर बाहिर काम गर्न जाँदा अकालमा मृत्यु हुनु जस्ता कारणले पनि दीर्घायुकाे कामना गरेकाे सम्म हुन सक्छ । नत्र अाफू नखाई अाफ्नाे भाग श्रीमानलाई खुवाउनु पर्ने खाले भाेकमरीकाे कतै उल्लेख गरिएकाे छैन ।
साथै ब्रत तथा उपवास श्रद्धाभक्तिसंग पनि जोडिएको हुन्छ । हामीले कसैलाई श्रद्धा गरेमा त्यसबाट फाईदा त दिनेलाई नै हुने हो । भगवानलाई बेलपातिले के हुन्छ हामी स्वयम नै खुशि तथा शान्ति प्राप्त गरिरहेका हुन्छौं । सूर्यलाई एक लोटा पानी चढाएर के हुन्छ भने त्यसले त व्यक्ति स्वमंलाई नै भिटामिन डि लगायतका फाईदा हुने हो । हामी त श्रद्धा र पूजा भन्दा पनि चाकरी गर्न थालेका छाैं । कुनै बर माग्नु परेमा वा आपत विपत परेमा भगवानलाई सम्झन्छौं । सो कुरा प्राप्त भएमा पनि विर्सन्छौं । त्यस्तै प्राप्त नभएमा पनि विर्सन्छौ । हामीले यस्तो स्वार्थी भावनालाई त्यागी सत्मार्गमा लाग्नु जरुरी छ ।

सम्पादकीय