राजनीति

‘जनताको साथमा कांग्रेस’ अभियानका लागि प्रतिनिधि परिचालन



खजुरा, १४ भदौ । नेपाली कांग्रेस बाँकेले ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि जिल्लाका आठवटै पालिकामा जिल्ला प्रतिनिधि खटाएको छ । यही मङ्सिंर ४ गते तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको व्यवस्थापनका लागि प्रतिनिधि खटाइएको हो ।

जिल्ला कार्यसमितिका उपसभापति गोपालप्रसाद अधिकारीलाई डुडुवा गाउँपालिका, अर्का उपसभापति कृष्णबहादुर कार्कीलाई कोहलपुर नगरपालिका, सचिवद्वय सुधांशु कोइरालालाई नेपालगञ्ज उपमहानगरपालिका र सञ्जुकुमारी चौधरीलाई नरैनापुर गाउँपालिका, कोषाध्यक्ष यज्ञबहादुर बस्नेतलाई बैजनाथ गाउँपालिका, सहसचिवद्वय रेणुसिंह ठाकुरलाई जानकी र विनोदकुमार थारूलाई खजुरा गाउँपालिका र प्रवक्ता डिल्ली गिरीलाई राप्तीसोनारी गाउँपालिकामा जिल्ला प्रतिनिधिका रुपमा खटाइएको छ ।