अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १५ भदौ । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ८ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजारमा ५ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला ११ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।